Rule 18
केन्द्र बन्द गर्ने सम्बन्धी व्यवस्था

(१) सञ्चालनमा रहेको केन्द्र बन्द गर्नु परेमा सोही व्यहोरा खुलाई केन्द्रले जिल्ला समिति समक्ष निवेदन दिनु पर्नेछ । यसरी निवेदन दिँदा
उक्त केन्द्रमा बसी पुनर्मिलन तथा पुनस्र्थापना भएका सम्पूर्ण पीडितहरुको व्यक्तिगत विवरण समेत सम्लग्न गर्नु पर्नेछ । तर त्यसरी निवेदन दिँदा केन्द्रमा रहेका सम्पूर्ण पीडितहरुको पारिवारिक पुनर्मिलन र सामाजिक पुनस्र्थापनको व्यवस्था गरिसकेको हुनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम निवेदन परेमा जिल्ला समितिले आवश्यक जाँचबुझ गरी आफ्नो लगतबाट सो केन्द्रको नाम कट्टा गर्नेछ ।